२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्लस टु’को शुल्क विवरण काठमाडौँ महानगरलाई बुझाउनुपर्ने



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको ‘प्लस टु’ को शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।

महानगर भित्र पर्ने ५२० निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८०/८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो ।

महानगरले यही असार ५ गते सबै विद्यालयलाई पत्राचार गर्दै असार मसान्तभित्र सो विवरण पठाउन निर्देशन दिएको छ । “विद्यालयहरुले के–के शीर्षकमा के कति शुल्क लिने हो रु महानगरको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेश गर्नुहोला”, पत्रमा उल्लेख छ ।

साथै परिपत्रमा शुल्क विवरण पेश गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णयसहित पेश गर्नुपर्ने उल्लेख छ । संस्थागत विद्यालयहरुले महँगो शुल्क लिएको गुनासोपछि महानगरले ऐनअनुसार पहिलो पटक ‘प्लस टु’को शुल्क नियमन गर्न लागेको बताइएको छ ।

महानगरका अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ । विद्यालयहरुले सो भन्दा बढी शुल्क लिए कारवाही गरिने महानगरले जनाएको छ ।