३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्लस टु’को शुल्क विवरण काठमाडौँ महानगरलाई बुझाउनुपर्ने



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको ‘प्लस टु’ को शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।

महानगर भित्र पर्ने ५२० निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८०/८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो ।

महानगरले यही असार ५ गते सबै विद्यालयलाई पत्राचार गर्दै असार मसान्तभित्र सो विवरण पठाउन निर्देशन दिएको छ । “विद्यालयहरुले के–के शीर्षकमा के कति शुल्क लिने हो रु महानगरको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेश गर्नुहोला”, पत्रमा उल्लेख छ ।

साथै परिपत्रमा शुल्क विवरण पेश गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णयसहित पेश गर्नुपर्ने उल्लेख छ । संस्थागत विद्यालयहरुले महँगो शुल्क लिएको गुनासोपछि महानगरले ऐनअनुसार पहिलो पटक ‘प्लस टु’को शुल्क नियमन गर्न लागेको बताइएको छ ।

महानगरका अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ । विद्यालयहरुले सो भन्दा बढी शुल्क लिए कारवाही गरिने महानगरले जनाएको छ ।