• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

गठबन्धन पाँच वर्ष टिक्छ– प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताउनुभएको छ ।

धादिङको आदर्श बहुमुखी क्याम्पस भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “यो सरकारको आयु कति भनेर पनि मिडियामा हुने नहुने, तपाईंहरूले हेर्नुभएको होला, सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा गठबन्धनसँग लगातार भएको बैठकहरू र प्रतिपक्षसँग पनि भएको बैठकको आधारमा पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन। हेर्नुहोला।”

प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्य भएको चर्चा चलिरहेको बेलामा उहाँको यस्तो टिप्पणी आएको हो ।