७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

जसपाको विधान अधिवेशनः समूहगत छलफल जारी

जसपाको विधान अधिवेशनः समूहगत छलफल जारी
अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ ।

पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रस्तुत गरेको विधानमाथि समूहगत छलफल भइरहेको छ । उनका अनुसार विभिन्न १० वटा समूह बनाएर आज दिनभर छलफल हुनेछ ।

आइतबार अध्यक्ष यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए र सो विधानमा आवश्यक विषयमा समूहगतरुपमा छलफल जारी रहेको छ ।

उक्त समूहगत छलफलमा केन्द्रीय समितिका चार सय छ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत १० जनासहित सात सय ४६ जना प्रतिनिधि सहभागी रहेका सो पार्टीले जनाएको छ ।

आजको यो विधान मस्यौदामाथिको छलफल सकिएपछि विधानका विषयमा नेताहरुले धारणा राख्नेगरी कार्यतालिका बनाइएको छ । विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउनेजस्ता नयाँ व्यवस्था राखेको छ । अधिवेशनको आज र भोलि बन्दसत्र जारी रहने छ ।