२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा वडाध्यक्षको निधन



अ+ अ-

खलङ्गा । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको हो ।

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उहाँलाई आज थप उपचारका लागि धनगढी पठाएको जिल्ला अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताउनुभयो ।

भट्टको धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–६ को ग्वानीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । भट्टको शव जिल्ला अस्पतालमा राखिएको छ । उहाँको आजै शव परीक्षणपछि दाहसंस्कार गरिने बताइएको छ । भट्ट २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । रासस