• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

बालेनविरुद्धको अदालतको अवहेलना सम्बन्धी रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा



फाईल फोटो

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना सम्बन्धी रिटको प्रारम्भिक सुनुवाइको पेशी आज तोकिएको छ । उक्त रिटको सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी परेको छ ।

मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी अधिवक्ता वर्षाकुमारी झाले आईतबार रिट दर्ता गराएकी थिइन्।

सोहि निवेदनलाई न्यायाधीश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको हो । यद्यपी, इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै मुद्दा अघि बढ्नेछ ।

केही दिनअघि भारतीय चलचित्रलाई लिएर उच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध मेयर शाहले आलोचना गरेका थिए । उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउदै आफूले उक्त आदेशको पालना नगर्ने बताएका थिए ।