७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

बुटवल उपमहानगरमा ‘स्वच्छ नगर, स्वस्थ नगरवासी’ कार्यक्रम

बुटवल उपमहानगरमा ‘स्वच्छ नगर, स्वस्थ नगरवासी’ कार्यक्रम
अ+ अ-

रुपन्देही । ‘समानता, स्वाभिमान र अवसरः बस्नयोग्य बुटवल सहर’को ध्येय प्राप्त गर्ने गरी बुटवल उपमहानगरपालिकाले आज बजेट पेस गरेको छ ।

स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बुटवललाई बस्नयोग्य सहर बनाउन स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएर रु दुई अर्ब ३६ करोड ५४ लाख बराबरको बजेट उपमहानगरले विनियोजन गरेको हो ।

बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउन र ‘स्वच्छ नगर, स्वस्थ नगरवासी’ को नीतिलाई प्रभावकारी बनाउन नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

नगरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिका–१३ र १७ मा १५/१५ शय्याका अस्पताल सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । यसका लागि रु दुई करोड छुट्याइएको छ । वडा नं १३ मा सञ्चालन हुने अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबिसै घण्टा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगरप्रमुख आमा सुरक्षा कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।

नगरप्रमुख घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत परिवारको स्वास्थ्य जानकारी समेटिने डिजिटल रुपमा पारिवारिक स्वास्थ्य डाटा सङ्कलन गर्दै सोहीअनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवाका लागि पनि बजेट छुट्टयाइएको छ ।

नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही रु दुई हजारका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ ।

यस्तै अठार वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु तीन हजार दिने व्यवस्था मिलाइएको छ ।

स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवद्र्धक जडीबुटी वितरण कार्यक्रम सञ्चालन गर्ने तथा नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही रु १७ हजार दिइने राहत अनुदानलाई निरन्तरता दिइने उपप्रमुखले अर्यालले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सुविधा र सम्मान कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, कोभिड–१९ जस्ता महामारी तथा नियमित खोप सञ्चालन, एचआई भी÷एड्स, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले, डेङ्गु, स्क्रब टाइफसजस्ता सर्ने नसर्ने लगायतका रोगहरुको रोकथाम, नियन्त्रण तथा निवारणका आवश्यक पनि बजेट विनियोजन गरिएको छ ।

स्थानीय पाठ्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्दै बुटवलको पहिचान, जातीय पहिचान, भाषा, संस्कृतिको संरक्षण गर्न आवश्यक बजेटको प्रबन्ध गरिएको छ भने सामुदायिक विद्यालयमा अध्ययनरत भौगोलिक रूपमा पछाडि परेका तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयसम्म पहुँच विस्तार गर्न निःशुल्क पोसाकको व्यवस्था गर्न बजेट छुट्याइएको छ ।

यस्तै लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाइ, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कका रूपमा विकसित गरिने छ भने बस टर्मिनलभित्र पार्किङ भवन, व्यावसायिक कोसेली भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरिने तथा नगरक्षेत्र भित्रका सडकहरुमा आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ ।

बुटवलको खानेपानी आपूर्तिसम्बन्धी समस्यालाई दीर्घकालीन समाधान गर्न बोरिङ, ओभरहेड ट्याङ्की निर्माण, स्यालो ट्युबेलका लागि आवश्यक बजेट विनियोजन गर्नाका साथै जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध सङ्ग्रहालयजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गरिने कुरा बजेटमा उल्लेख छ ।

वडा नं १५ मा ज्येष्ठ नागरिक मैत्री पार्क निर्माण, घरनक्साहरु डिजिटाइजेसन गर्न, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमा रहेका लालपुर्जाविहीन घरहरुको सूचीकृत गर्न र जग्गा नापजाँच तथा हाल साबिक गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

यसैगरी, न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गर्न र विवादरहित, हिंसारहित न्यायोचित समाज निर्माण गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना र नयाँ मेलमिलापकर्ता थप गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकाका जनतामा सूचनाको पहुँच बढाउन, सम्बद्ध सूचना तथा तथ्याङ्कलाई एकीकृत र व्यवस्थित गर्न डाटा बैंकको स्थापना गर्न, नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार फ्री वाइफाइ र आइपिटिभी जडान गर्न, वेबसाइट, मोबाइल एप, डिजिटल डिस्प्ले र च्याटबट निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

बजेटमा अव्यवस्थित रूपमा छरिएका ठेला गाडी व्यवस्थापन गरी रात्रिकालीन बजार सञ्चालन गरिने पनि उल्लेख छ ।

बुटवलभित्रका सबै गृहिणीलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि रु तीन करोड विनियोजन गरिएको छ भने मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

महिलाहरुलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । त्यस्तै आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यक, लोपोन्मुख समुदाय, असहाय, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समाजमा पछाडि पारिएका व्यक्ति वा समुदायलाई मूल प्रवाहमा ल्याउने गरी क्षमता विकासको कार्यक्रम पनि सो बजेटमा छ ।

एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिले सञ्चालन गर्ने इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइने कार्यक्रम पनि बजेटमा छ । रासस