७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ ।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि) घरेलुमा दर्ता भएका रु ५० हजार कर तिर्नुपर्नेछ । घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क रु दुई हजार, डिस्टिलरी उद्योगलाई रु ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई रु पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई रु १० हजार कर तोकिएको छ ।

चलचित्र निर्माण कम्पनीलाई रु १५ हजार तथा वितरक कम्पनीलाई रु पाँच हजार कर तोकिएको छ । मिनरल वाटर उद्योगलाई रु पाँच हजार, आइसक्रिम उद्योग ठूलो (तीन किलोवाटभन्दा माथि) लाई रु १० हजार र यस्तो घरेलु उद्योग (तीन किलोवाट सम्म)लाई रु दुई हजार कर तोकिएको छ ।

ब्रान्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई रु १० हजार र यस्ता घरेलु उद्योगलाई रु दुई हजार कर तोकिएको छ । डेरी उद्योगले रु १० हजार, कुटानी–पिसानी मिलले रु पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले रु १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले रु पाँच हजार कर तिर्नुपर्नेछ ।

खाद्यान्न उद्योग (पाँच किलोवाटभन्दा माथि)का लागि रु १० हजार र यस्ता साना उद्योगलाई रु पाँच हजार कर तोकिएको छ । कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगले रु १० हजार कर तिर्नुपर्नेछ । कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार रु दुई हजारदेखि १२ हजार, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि रु ५० हजार, बोटल र जार पानी उद्योगका लागि रु सात हजार कर तोकिएको छ ।

त्यस्तै, डसना, कुसन बनाउने उद्योगलाई रु पाँच हजार र हर्बल उद्योगलाई रु दुई हजार कर लाग्नेछ । सडक पुल, रोपवे, रेलवे, टनेल, फ्लाइब्रिज तथा औद्योगिक, व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने उद्योग व्यवसायलाई रु २५ हजार कर लाग्नेछ । किराना पसल खुद्रा पसलका लागि दुई हजार, थोक किराना पसलका लागि पाँच हजार, थोक खाद्यान्न बिक्रेतालाई रु १० हजार, खाद्यान्न खुद्रा बिक्रीमा रु तीन हजार, मौरीपालन व्यवसायमा रु दुई हजार र कुखुराको चल्ला बिक्री गर्दा रु तीन हजार कर तिर्नुपर्नेछ ।

त्यस्तै, फलफूल, जुस तथा तरकारी बेच्ने खुद्रा पसलका लागि रु एक हजार, फलफूल तथा तरकारी थोक पसलका लागि रु दुई हजार, फलफूल र बिरुवा बिक्रेता (नर्सरी)लाई रु दुई हजार कर तोकिएको छ । माछा÷मासु, अण्डा खुद्रा बिक्रेताले रु दुई हजार पाँच सय र थोक बिक्रेताले रु ६ हजार कर तिर्नुपर्नेछ । प्रशोधित मासुजन्य बिक्री व्यवसायमा रु पाँच हजार कर तोकिएको छ । तरकारी खेती, पशुपक्षी पालनलगायत अन्य कृषिजन्य कार्य गर्ने व्यवसायका लागि रु दुई हजार, पेट शप ९घरपालुवा पशुपक्षीको दाना÷आहारा बिक्री० गर्ने थोक पसलका लागि रु सात हजार र खुद्रा पसलका लागि रु तीन हजार कर तोकिएको छ । त्यसैगरी, कुकुर प्रजनन केन्द्र (डग व्रिडिङ्ग फर्म) का लागि रु पाँच हजार, आधुनिक पशु बधशाला, तरकारीको बीउ बिजन खरिद बिक्री गर्ने पसलका लागि रु दुई हजार कर तोकिएको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटलका लागि रु एक लाख, चारतारे होटलका लागि रु ८० हजार, तीनतारे होटलका लागि रु ६० हजार, दुईतारे होटलका लागि रु ४० हजार र एकतारे होटलका लागि रु २० हजार कर लाग्नेछ । चलचित्र प्रदर्शनी घर, साधारण होटल, लज, गेष्टहाउस, ५० जनाभन्दा बढी क्षमताको होमस्टे, रेष्टुरेन्ट एन्ड बार (डान्स, दोहोरीबाहेक), ट्राभल एन्ड ट्रेकिङ एजेन्सीहरुका लागि रु १० हजार कर लगाइएको छ ।

मसाजपार्लर, स्पा, ज्याकुजी, सौनाबाथ, स्विमिङपुलका लागि पनि रु १० हजार कर तोकिएको छ । पर्यटकीय खेल (गल्फर्कोस, र्याफ्टिङ, सफारी, अश्वारोहण, स्किइङ, ग्लाइडिङ, वाटरर्याफ्टिङ पोनिट्रेकिङ, प्याराग्लाइडिङ, पोलो, बन्जिजम्प, केबुलकार, रिसोर्ट, होटल आदि) को सम्पर्क कार्यालयका लागि रु तीन हजार कर लाग्नेछ ।

विदेशी विमान सेवा प्रदायक कम्पनीलाई रु ५० हजार र स्वदेशी विमान सेवालाई रु २५ हजार कर तोकिएको छ । वायुयान भाडामा लगाउने व्यवसाय गर्ने कम्पनी, डिस्को, नाइट क्लब, वैदेशिक रोजगार सम्पर्क व्यवसायलगायतलाई लाई रु २५ हजार कर लाग्नेछ ।

त्यसैगरी, क्यासिनोमा रु तीन लाख र मिनी क्यासिनोलाई रु २५ हजार कर लगाइएको छ । ट्रेकिङ सामान पसल, मनोरञ्जन सेवा प्रदान गर्ने व्यवसाय, थान्का पसल, डान्स ट्रेनिङ सेन्टर, सङ्गीतसम्बन्धी सेवा प्रदान गर्ने व्यवसाय, ट्याटु हाउसलाई रु पाँच हजार कर तोकिएको छ । ५० जना सम्मको होस्टेलका लागि रु तीन हजार र ५० जनाभन्दा बढीको होस्टेलले रु पाँच हजार कर तिर्नुपर्नेछ । मेकअप स्टुडियोले तीन हजार, पाँच रोपनीसम्म क्षेत्रफल भएको फन पार्कले रु १० हजार, दश रोपनीसम्म क्षेत्रफलमा फैलिएकाले रु २० हजार र दश रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कले रु ३० हजार कर तिर्नुपर्नेछ ।

सञ्चार क्षेत्रतर्फ टेलिभिजन प्रसारण कम्पनीलाई रु पाँच हजार, एफएम स्टेसनलाई रु एक हजार, अनलाइन सेवा बिजनेसलाई रु दुई हजार, अनलाइन न्यूज पोर्टललाई रु पाँच सय, राष्ट्रिय पत्रिकालाई रु दुई हजार, स्थानीय पत्रिकालाई रु एक हजार र साइबर क्याफेलाई रु दुई हजार कर तोकिएको छ ।