१३ भाद्र २०८३, शनिबार
,
Latest
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता संर्घष समितिका अध्यक्ष साफीसहित चारै दाजुभाइले पाए नागरिकता



अ+ अ-

काठमाडौँ । नागरिकता प्राप्तिका लागि संघर्षरत नागरिकता संघर्ष समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीसहित चार दाजुभाइले नागरिकता प्राप्त गरेका छन् ।

आमाबुबासँग जन्मसिद्धका नागरिकता भएका कारण उनीहरु नागरिकता प्राप्त गर्नबाट बञ्चित थिए । नागरिकता नपाएर लामो समयदेखि संघर्ष गरिरहेका इन्द्रजितका चारै दाजुभाइले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा पुगी वंशजको नागरिकता पाएका हुन् ।

३१ वर्षीय इन्द्रजित, २९ वर्षीय रञ्जित साफी, २२ वर्षीय छोटु साफी र २१ वर्षीय रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार नागरिकता उपलब्ध गराएको छ ।

इन्द्रजितका आमा सोनावती चार छोराहरु लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेकी थिइन् ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका थिए । लामो संघर्षपछि नागरिकता पाएको भन्दै इन्द्रजितले खुसी व्यक्त गरेका छन् ।