४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परे थप एक युट्युबर



अ+ अ-

काठमाडौँ । प्रहरीले वानएक्स बेटको प्रचार गरेको आरोपमा थप एक युट्युबरलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो । उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन् ।

काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको जनाएको छ ।

उनले पनि वान एक्स बेटिङको प्रचार–प्रसार गरेको आरोप छ। थापामगर युट्युबमा मोटो–ब्लगिङ गर्दै आएका थिए । उनलाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौँ लगिएको छ ।

यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरिसकेको छ ।