• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ: अध्यक्ष ओली



फाईल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उहाँले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताउनु भयो । उहाँले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट वभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ । विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? वाह्य कारण कति थियो ? स्वचालित कति थियो ? परचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो ? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि गर्‍यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ ।’

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि राम्रो हुने बताउनु भयो ।