६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा पुरुष भलिबलः नेपाल सबै खेलमा पराजित



अ+ अ-

काठमाडौं । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको सबै खेलमा हार बेहोरेको छ ।

किर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगितामा नेपाल लिग चरणका ६ वटै खेलमा पराजित भएको हो । आइतबार भएको आफ्नो अन्तिम तथा छैटौँ खेलमा नेपालले उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजय भोग्यो ।

बिस्केटस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि २५–२१, २५–२२, २५–२३ को नतिजा निकालेको हो । यसअघि नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टिमसँग पराजित भएको थियो ।

लिगमा नेपालसहित आयोजक किर्गिस्तानको दुई, इरान, मङ्गोलिया, तुर्किमिनिस्तान र उज्बेकिस्तान गरी सात टिमको सहभागिता रहेको थियो ।

सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । साथै लिगको तेस्रो र चौथो टिम तेस्रो स्थानका लागि भिड्नेछन् ।