१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकपको खेलतालिका मंगलबार सार्वजनिक गर्ने तयारी



अ+ अ-

एजेन्सी । आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने २०२३ ओडीआई विश्वकपको तालिका जुन २७ मा घोषणा गर्न तयारी थालिएको छ । आईसीसीले शनिबार मुम्बईमा एक कार्यक्रम आयोजना गरेको थियो । रिपोर्टका अनुसार यही दिन (मंगलबार) विश्वकपको खेलतालिका सार्वजनिक हुनेछ ।

प्रतियोगिता अक्टोबर ५ गतेदेखि हुने भएकाले अब विश्वकप आउन १ सय दिन मात्रै बाँकी छ । यसलाई हेर्दा यो दिन प्रतियोगिताको तालिका सार्वजनिक गर्नका लागि उपयुक्त देखिन्छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एकदिवसीय विश्वकपको तालिकाको मस्यौदा लामो समय अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई पठाएको थियो ।

यता, पाकिस्तानले भने २०२३ ओडीआई विश्वकपमा आफ्ना दुई लिग खेलको स्थान परिवर्तन गर्न चाहेको थियो । तर, रिपोर्टका अनुसार आईसीसी र बीसीसीआईले उसको मागलाई अस्वीकार गरेको थियो । मागलाई अस्वीकार गर्नुको कारण पाकिस्तानले किन स्थान परिवर्तन गर्न चाहेको भन्नेबारे बताएको थिएन ।

भारतले पहिलो पटक विश्वकपको आयोजना गर्दैछ । यसअघि भारतले छिमेकी मुलुकसँग मिलेर यो प्रतियोगिता आयोजना गरिसकेको छ ।

४६ दिनसम्म चल्ने प्रतियोगितामा तीन नकआउटसहित ४८ खेल हुनेछन् । यस पटकको विश्वकपमा १० टोलीको सहभागिता रहनेछ ।