७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ, किसानलाई अनुदान दिउँ: सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरुलाई अनुदानको रुपमा दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गर्न माग गर्नुभएको हो । उहाँले प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किनको महामारीबाट प्रभावित किसानहरुलाई अनुदानको रुपमा दिनुपर्ने बताउनु भयो । उहाँले उपराष्ट्रपतिको प्रभावकारी भुमिका हुन नसकेको बताउनु भयो । उपराष्ट्रपतिको काम उद्घाटन गर्ने र देवताको दर्शन गर्ने मात्रै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले सोच्नुपर्ने दिन आएको छ, अब हामीहरुले यो बजेटलाई संशोधनसहित पास हुने व्यवस्था यहाँ लागु हुनुपर्छ । नत्रभने हामी नाटकका पात्र मात्र हुनेछौँ । यहाँ आयो बोल्यो । जनतालाई छक्याउने काम मात्र हुनेछ । उपराष्ट्रपति महिला हुनुपर्ने ठाउँमा संविधानको ‘वा’ भन्ने शब्दले पुरुष बनाइदियो । यो महिलाहरुको लागि बिडम्बना भयो । उपराष्ट्रपतिलाई सल्लाहकार प्रशस्त चाहिने, बजेट प्रशस्त चाहिने, त्यो बजेट के का लागि ? उपराष्ट्रपतिको भुमिका के हो ? उहाँले यो देशको लागि के गर्नुहुन्छ ? खालि रिबन काट्ने, केही चिजहरुमा उद्घाटन गर्ने र कहिलेकाही देवताको दर्शन गर्न जाने ।’

‘त्यो बाहेक उहाँको भुमिका नै केही छैन । हामीले यत्रो बजेट किन उहाँको लागि खर्च गर्ने ? जबकी आज यो देशमा अनुुदान कम आएको छ । राजस्व कम उठिराखेको छ । कर्मचारीहरु तलव खान नपाउने स्थिति छ । यस्तो स्थितिमा हामीले उपराष्ट्रपतिलाई यत्रो खर्च गर्नु आवश्यक छैन । उपपराष्ट्रपतिको प्रशासनिक खर्चमा कटौती गरौँ । सल्लाहकार एउटा मात्र राखिदिउँ । र त्यो खर्च बरु लम्पिस्किन महामारीबाट पीडित किसानहरुलाई अनुदानका रुपमा दिउँ म यो अनुरोध गर्न चाहन्छु ।’

उहाँले बजेट संशोधनसहित पास गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।