२६ श्रावण २०८३, मंगलवार
,
Latest
निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीयः प्रहरी महानिरीक्षक कार्की ग्यास अभाव छैन, हल्लाका कारण सुदूरपश्चिममा माग बढ्यो महिला सशक्तीकरण र सामाजिक सुरक्षामा नेपाल–अष्ट्रेलिया सहकार्य विस्तार गर्नेबारे छलफल ‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरूः नीतिगत स्थिरता र पूर्वाधारमा… १२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविरमा करिब तीन हजार लाभान्वित आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न यातायात व्यवसायीको माग यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नयाँ ऐनको तयारीमा सरकार तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ । उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो । रासस