• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित

क्रिकेट टोलीलाई ओलीको निम्तो- सँगै खाना खाने गरी भेटौँला



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई फर्केपछि सँगै खाना खाने बाचा गर्नुभएको छ । आज विहान सामाजिक सञ्जालमार्फत एक सन्देश दिँदै उहाँले एउटा असफलता यात्राको अन्त्य नभएको भन्दै यात्रा जारी रहने बताउनुभयो ।

उहाँले हिजो नेपाल र नेदरल्याड्सबीचको खेल मोबाइलमा लाइभ हेरेको भन्दै कहिलेबाँकी मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्ने बताउनुभयो ।

‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईभ हेरें। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें। आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं। मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ।यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम १ नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ’, उहाँले भन्नुभयाे ।