१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै, आठ मन्त्रीले जवाफ दिने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । विहान १० बजे बस्ने तय भएको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुको छलफल अन्तर्गत उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

साथै आज बैठकमा सांसद अमरेशकुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले गर्नुभएको खर्च कटौतीको प्रस्ताव पेश हुनेछ ।

त्यसपछि विभिन्न आठ मन्त्रालयका मन्त्रीहरुले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने सम्भावित कार्यसूची छ ।

जसमा आजको बैठकमा गृह मन्त्रालय, वन तथा वातवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची छ ।