२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै, आठ मन्त्रीले जवाफ दिने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । विहान १० बजे बस्ने तय भएको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुको छलफल अन्तर्गत उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

साथै आज बैठकमा सांसद अमरेशकुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले गर्नुभएको खर्च कटौतीको प्रस्ताव पेश हुनेछ ।

त्यसपछि विभिन्न आठ मन्त्रालयका मन्त्रीहरुले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने सम्भावित कार्यसूची छ ।

जसमा आजको बैठकमा गृह मन्त्रालय, वन तथा वातवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची छ ।