१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो
अ अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा शनिबार भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो । योसँगै समूह ‘ए’ बाट घरेलु टाली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डस् प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् । सोही समूहमा रहेका नेपाल र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

घरेलु टोली जिम्वावेले वेस्टइन्डिजलाई जितका लागि दुई सय ६९ रनको चुनौती दिएको थियो । जवाफमा वेस्ट इन्डिज ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३३ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि कायल मयरर्सले सर्वाधिक ५६ रन बनाए भने रोस्टोन चसेले ४४ रन बनाए । त्यस्तै कप्तान साइ होपले ३० रन बनाउँदा निकोलस पुरनले ३४ रन बनाए । ब्रेन्डन किङ्गले २० तथा जेसन होल्डर १९ रनमा आउट भए ।

जिम्बावेका तीव्रगतिका बलर टेन्डाइ चताराले सर्वाधिक तीन विकेट लिए भने सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको थियो । जिम्बावेका लागि सिकन्दर राजजाले ५८ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । यसैगरी रायन बर्लले ५० रन जोडे भने क्रेग इर्विनले ४७ तथा सन विलियम्सले २३ रन बनाए ।

वेस्टइन्डिजका किमो पलले तीन विकेट लिए भने अल्जारी जोसेफ र अकिल हुसैनले समान दुई–दुई विकेट लिए । अब जिम्बावेले समूह चरणको आफ्नो अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ । त्यस्तै वेस्टइन्डिजले सोमबार नै नेदरल्यान्डस्सँग खेल्नेछ ।