२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडमा अनिल कपुरको ४० वर्ष पूरा



अ+ अ-

एजेन्सी । अनिल कपुरले बलिउड उद्योगमा ४० वर्ष पूरा गरेका छन् । यसै अवसरमा अनिलले आफ्नो डेब्यू फिल्म ‘वो सात दिन’ को एक क्लिप सामाजिक सञ्जालमा सेयर गरेका छन् । यससँगै उनले एक भावुक नोट पनि सेयर गरेका छन् ।

यो सेयर गर्दै अनिलले क्याप्सनमा लेखेका छन्, ‘आज मैले एक अभिनेता र मनोरन्जनकर्ताको रूपमा ४० वर्ष पूरा गरेको छु । दर्शकहरु द्वारा स्वीकृत र माया गरिएको ४० वर्ष । भनिन्छ कि जब तपाईं आफ्नो मनपर्ने काम गर्नुहुन्छ, समय धेरै छिटो बित्छ । यो मेरो लागि अचम्मको कुरा होइन कि उद्योगमा मेरो ४ दशकहरू आँखा झिम्काइमा उड्यो । मलाई थाहा छ म यसका लागि बनेको हुँ र मैले गर्नुपर्ने काम यही हो ।’

अन्त्यमा अनिलले लेखेका छन्, ‘यी ४० वर्ष पूरा भएको अवसरमा म ‘द नाइट म्यानेजर पार्ट २’ र ‘एनिमल’ गरी दुईवटा विशेष अवतारमा तपाईहरूसमक्ष आउँदैछु । आशा छ तपाईंले मलाई सधैं गरिरहनुभएको माया र साथ दिनुहुनेछ ।’