२४ मंसिर २०८२, बुधबार
,
Latest
युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडमा अनिल कपुरको ४० वर्ष पूरा



अ+ अ-

एजेन्सी । अनिल कपुरले बलिउड उद्योगमा ४० वर्ष पूरा गरेका छन् । यसै अवसरमा अनिलले आफ्नो डेब्यू फिल्म ‘वो सात दिन’ को एक क्लिप सामाजिक सञ्जालमा सेयर गरेका छन् । यससँगै उनले एक भावुक नोट पनि सेयर गरेका छन् ।

यो सेयर गर्दै अनिलले क्याप्सनमा लेखेका छन्, ‘आज मैले एक अभिनेता र मनोरन्जनकर्ताको रूपमा ४० वर्ष पूरा गरेको छु । दर्शकहरु द्वारा स्वीकृत र माया गरिएको ४० वर्ष । भनिन्छ कि जब तपाईं आफ्नो मनपर्ने काम गर्नुहुन्छ, समय धेरै छिटो बित्छ । यो मेरो लागि अचम्मको कुरा होइन कि उद्योगमा मेरो ४ दशकहरू आँखा झिम्काइमा उड्यो । मलाई थाहा छ म यसका लागि बनेको हुँ र मैले गर्नुपर्ने काम यही हो ।’

अन्त्यमा अनिलले लेखेका छन्, ‘यी ४० वर्ष पूरा भएको अवसरमा म ‘द नाइट म्यानेजर पार्ट २’ र ‘एनिमल’ गरी दुईवटा विशेष अवतारमा तपाईहरूसमक्ष आउँदैछु । आशा छ तपाईंले मलाई सधैं गरिरहनुभएको माया र साथ दिनुहुनेछ ।’