२६ श्रावण २०८३, मंगलवार
,
Latest
गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर ४५ भेडा मरे



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।

“बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उनले भने “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।”

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । रु ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रासस