२६ श्रावण २०८३, मंगलवार
,
Latest
गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीलाई जन्म दिएकी रामचरण पत्नी उपासना अस्पतालबाट डिस्चार्ज



अ+ अ-

एजेन्सी । साउथ अभिनेता रामचरण र उपासनाले भर्खरै आफ्नो जीवनमा नयाँ खुशीको स्वागत गरेका छन् । आरआरआर अभिनेताकी श्रीमतीले २० जुन २०२३ मा हैदराबादको एपोलो अस्पतालमा छोरीलाई जन्म दिइन् ।

हजुरबुवा चिरञ्जीवीले आफ्नो घरमा लक्ष्मीको आगमनमा आफ्नो खुशीलाई थाम्न सकेनन्, पुष्पा फेम एक्टर अल्लु अर्जुनले ट्वीटरमा दम्पतीलाई बधाई दिएपछि आफ्नो भान्जीलाई भेट्न सिधै अस्पताल पुगे ।

शिशु जन्मेको तीन दिनपछि उपासना कामिनेनी अहिले अस्पतालबाट डिस्चार्ज भएकी छन् । रामचरण आफ्नी छोरी र श्रीमतीलाई लिएर अस्पतालबाट घर फर्किने बित्तिकै मानिसहरूले उनीहरुमाथि फूलको वर्षा गरे ।

हामी सबैलाई थाहा छ कि साउथ इन्डस्ट्रीमा रामचरणको ठूलो फ्यान फलोइङ छ । उनीहरुको घरमा छोरीको जन्मको खबर आउने बित्तिकै हैदरावादको एपोलो अस्पताललाई गुलाबी रंगमा परिणत गरिएको थियो । अहिले भर्खरै अर्को भिडियो सार्वजनिक भएको छ, जसमा रामचरण र पत्नी उपासना आफ्नो छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन् ।