२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीलाई जन्म दिएकी रामचरण पत्नी उपासना अस्पतालबाट डिस्चार्ज



अ+ अ-

एजेन्सी । साउथ अभिनेता रामचरण र उपासनाले भर्खरै आफ्नो जीवनमा नयाँ खुशीको स्वागत गरेका छन् । आरआरआर अभिनेताकी श्रीमतीले २० जुन २०२३ मा हैदराबादको एपोलो अस्पतालमा छोरीलाई जन्म दिइन् ।

हजुरबुवा चिरञ्जीवीले आफ्नो घरमा लक्ष्मीको आगमनमा आफ्नो खुशीलाई थाम्न सकेनन्, पुष्पा फेम एक्टर अल्लु अर्जुनले ट्वीटरमा दम्पतीलाई बधाई दिएपछि आफ्नो भान्जीलाई भेट्न सिधै अस्पताल पुगे ।

शिशु जन्मेको तीन दिनपछि उपासना कामिनेनी अहिले अस्पतालबाट डिस्चार्ज भएकी छन् । रामचरण आफ्नी छोरी र श्रीमतीलाई लिएर अस्पतालबाट घर फर्किने बित्तिकै मानिसहरूले उनीहरुमाथि फूलको वर्षा गरे ।

हामी सबैलाई थाहा छ कि साउथ इन्डस्ट्रीमा रामचरणको ठूलो फ्यान फलोइङ छ । उनीहरुको घरमा छोरीको जन्मको खबर आउने बित्तिकै हैदरावादको एपोलो अस्पताललाई गुलाबी रंगमा परिणत गरिएको थियो । अहिले भर्खरै अर्को भिडियो सार्वजनिक भएको छ, जसमा रामचरण र पत्नी उपासना आफ्नो छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन् ।