२५ फाल्गुन २०८१, आईतवार
March 9, 2025 Sunday
Latest
अमेरिकी सहयोगमा सञ्चालित दर्जनौं परियोजनाको भविष्य अन्योलग्रस्त, विकल्पबारे आन्तरिक छलफलमा अर्थ मन्त्रालय राजासहितको प्रजातन्त्रका लागि नवीन समझदारीमा जाऊँः रवीन्द्र मिश्र क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यकः मन्त्री भण्डारी राष्ट्रिय टोलीमा सना प्रवीनको डेब्यू पूर्वराजालाई स्वागत गर्न अध्यक्ष लिङदेन पनि एअरपोर्ट जाने हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग ‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल पूर्वराजा आउने भएपछि विमानस्थलमा सुरक्षामा कडाई उपकुलपतिका प्रस्तावित उम्मेदवारको नाम पठाउन नसक्दा विश्वविद्यालय विवादमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ: सांसद महासेठ



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको हो ।

उहाँले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताउनु भयो । उहाँले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्न तर्फ परिचालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नतर्फ परिचालन गर्नुपर्छ । नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ । उहाँहरुलाई उहाँहरुसँग सम्बन्धित उद्योग, व्यापार बाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन । पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरुलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरुलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ ।’

‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौँ, कहीँ कहीँ नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरेँ उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सिमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो । त्यसैले यो सरकारले पुन: यसमाथि विचार गरोस् ।’

उहाँले कारागार सुधार गृहको रुपमा विकास हुन नसकेको भन्दै कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।