२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायुसेवा निगममा कर्मचारी थप्नु आमाको रगत खानु जस्तै हो– योगेश भट्टराई



तस्बिर: रत्न श्रेष्ठ/रासस
अ+ अ-

काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको बताउनुभएको छ ।

नेकपा ९एमाले० का सांसद भट्टराईले आर्थिक भारले थला पर्न लागेको निमगमा अहिलेका सरकार र मन्त्रीले कर्मचारी भर्ना गरिरहेको आरोप लगाउनुभयो । उहाँले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गर्नुभयो ।

निजी क्षेत्रका विमान कम्पनीले १६ वटा जहाज उडाउँदा ११ सय कर्मचारीले भ्याउने गरेको भन्दै उहाँले निगमका ४ वटा जहाज उडाउन ३ हजार बढी कर्मचारी रहेको उल्लेख गर्नुभयो ।

“एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन”, पूर्वमन्त्री भट्टराईले भन्नुभयो, “त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन रु त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो रु जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने रु त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।”

उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको जिम्म अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ हो । उहाँले हवाई उडानबाट निगमलाई नाफा नभएको बताउनुभयो ।

एमालेको सरकारको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्ष निकालिएको तर निजीकरण गर्‍यो भनेर काम गर्न नदिइएको उहाँले आरोप लगाउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितकम ९० लाख रहेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने उहाँको भनाइ थियो ।