२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : योगेश भट्टराई



तस्बिर: रत्न श्रेष्ठ/रासस
अ+ अ-

काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उहाँले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिँदै नयाँ विमानस्थल थप्न आवश्यक छैन भन्नुभयो ।

उहाँले देशभर अधिकांश स्थानमा सडक सञ्जालसँगै यातायातको पहुँच पुगेको जनाउँदै आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो । “५५ विमानस्थलमध्ये केही सञ्चालनमा छैनन् र हुनसक्ने अवस्थामा पनि छैनन् । यस्तो अवस्थामा नयाँ विमानस्थल थप्ने कि नथप्ने, यो एउटा ठूलो नीतिगत प्रश्न”, उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिँदो ठाउँमा विमानस्थल थपिँदैछ । जुन ठाउँबाट ४५ मिनेटको यातायातको दूरीमा अर्को ठूलो विमानस्थल छ ।”

उहाँले पर्यटकीय दृष्टिकोणले महत्वपूर्णस्थल सुकेटार, तुम्लिङ्टार, लुक्ला, जोमसोम, जुफाल, सिमकोट र ताल्चा विमानस्थलको स्तरोन्नति गर्न सुझाव दिनुभयो । यस्तै भरतपुर र सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भट्टराईले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक कम्पनी’का रुपमा लैजानुको विकल्प नभएको जनाउँदै उहाँले निगममा अनावश्यक कर्मचारी भर्ना गरिएको र मन्त्री किरातीले नाफाको विषयमा गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै आपत्ति जनाउनुभयो । रासस