२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्नु पर्छ: देवेन्द्र पौडेल



अ+ अ-

काठमडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ ।

सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरुको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने उहाँको तर्क थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले सरकारले दुई पटक आफैंले गरेको प्रतिवद्धता अनुसार विद्यालय कर्मचारीको समस्या समाधान नगरेको भन्दै आपत्ति समेत जनाउनु भयो । विद्यालयका कर्मचारीहरुले लेखापाल र कार्यालयका सहयोगीको सेवा सुविधा खरदार सरह पुर्‍याउन माग गर्दै आईरहेका छन् ।

सांसद पौडेलले उनीहरुको सो माग सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सदनमा लगातार उठेको भनेको विद्यालय कर्मचारी व्यवस्थापनको विषय हो । गत साल पनि यो विषय उठ्यो सम्माननीय सभामुख महोदय । त्यो भन्दा अघि शिक्षक महासंघसँग २०७८ सालमा ५१ बूँदे सहमती भएको थियो । त्यसैगरी २०७५ सालमा पनि शिक्षक महासंघसँग त्यसप्रकारका समस्याहरु समाधान गर्नका लागि सरकारको तर्फबाट प्रतिवद्धता गरिएको थियो ।

सम्माननीय सभामुख महोदय, आजसम्म त्यसप्रकारका समस्याहरु हल नहुनु र विद्यालयका विषयमा, शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठदैगर्दाखेरी शिक्षकका त्यस प्रकारका समस्याहरु हल नहुनु भनेको गम्भिर कुरा हो । त्यसकारण सम्माननीय सभामुखमार्फत राज्यसँग भएको सहमतीहरु त्यत्तिकै कागजमा नसुकून । ती सहमतीहरु कार्यान्वयन गर्नका निम्ति र ती सहमतीहरु कार्यान्वयन गरेर विद्यालय सुधार्नका निम्ति महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका शिक्षकहरुलाई सम्मानित गरेर, शिक्षकका मागहरु सुधार गरेर, विद्यालय कर्मचारीका समस्याहरु समाधान गरेर सार्वजनिक विद्यालय सुधार अभियानमा अगाडि बढनका निम्ति म सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई गम्भिर ध्यानाकर्षण चाहन्छु ।’

सांसद पौडेलले शिक्षक र त्यहाँ कार्यरत कर्मचारीको न्यूनतम माग पनि सम्बोधन सरकारले नगर्ने हो भने विद्यालय सुधार अभियान अगाढि बढनै नसक्ने समेत स्मरण गराउनु भयो ।