• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी ★   जोडीहरू किन सबैभन्दा बढी घाँटीमा चुम्बन गर्न मन पराउँछन् ? ★   जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ ★   यी हुन् विश्वका सात कम जनसंख्या भएका सहर, यहाँ त ३० जना मात्रै बस्छन् ★   एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

मधेसमा कम बजेट दिएको भन्ने सत्य होइन– प्रधानमन्त्री



तस्बिर: रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने कुरा सत्य नभएको बताउनुभएको छ । ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरासियाको मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भनी राख्नुभएको प्रश्नको जवाफमा उहँँले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेस प्रदेशलाई दिइएको स्पष्ट पार्नुभयो ।

संघीय सरकारकै मातहतमा मधेस प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।

“मधेशमा कम बजेट विनियोजन भयो भन्ने साँचो होइन, संघीयताको मर्मबमोजिम संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेशमै जाने गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँका अनुसार त्यसका अतिरिक्त संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।”

मधेसमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको उल्लेख गर्दै उहाँले पर्साको वीरगञ्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराज बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।