१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मसिद्धका सन्तानलाई महोत्तरीमा दिन थालियो नागरिकता, धनुषामा पनि आइतबारबाट प्रदान गरिने



अ+ अ-

काठमाडौँ । महोत्तरी जिल्लामा शुक्रबारदेखि नै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको छ ।

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरी प्रशासनले बताएका छ ।

जिल्ला प्रशासनले नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन सबै पालिकालाई पत्राचार गरिसकेको छ।

धनुषा जिल्लामा भने आइतबारदेखि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गरिने जनाइएको छ ।