७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

डिजिटल इकोनोमीमा सरकार लागिरहेको छ: प्रधानमन्त्री

डिजिटल इकोनोमीमा सरकार लागिरहेको छ: प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आएपनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको विकास हुन नसकेको बताउनु भयो । उहाँले सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले रकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्‍याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको बताउनु भयो । उहाँले सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भुमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन । सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्‍याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयासहरु केन्द्रित छन् । पारदर्शीता र जवाफदेहीतासँगै सुशासनका लागि पनि डिजिटल प्रविधि र यसको प्रयोग महत्वपूर्ण छ ।

सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरुप सरकारको भुमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रुपले उपयोग गर्नुपर्ने आजको आवश्यकता हो । सरकारले छोटो समयमा नै उपलब्धि हाँसिल गरेपनि यी प्रयास पर्याप्त छैनन् । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा दिनहुँ जस्तो भइरहेको विकाससँगै प्रविधि, संरचना, सेवा प्रवाहको ढाँचा वा शैलीमा अपडेट भइरहने र त्यही अनुरुप नीतिगत संरचनामा पनि प्रविधि परिवर्तन गरिरहरनुपर्ने चुनौति हाम्रो सामुमा छन् । सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको छ । राज्यको पहुँच नपुगेको दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत यसमार्फत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको छ । डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय छ ।’

प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक अवस्थाका कारण पनि सोचेअनुसारको विकास हुन नसकेको बताउनु भयो । उहाँले आइसीटिका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु देशका लागि खुशीको कुरा भएको बताउनु भयो ।