• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला ★   सन्दीप टिममा जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छ: पारस खड्का (अन्तरवार्ता) ★   लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा ! ★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी ★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

बेलायतमा ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी, हर्क साम्पाङ सहभागी हुने



काठमाडौँ । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हुने भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको र सो प्रदर्शनीमा चलचित्रकर्मीसँगै धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) सहभागी हुने जानकारी दिए । नेपालका स्थानीय प्रतिनिधि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता यो पहिलो हुनेछ ।

निर्माता तथा निर्देशक चाम्स धरान पुगेर प्रमुख राईलाई निम्तो दिएका छन् । “गोर्खालीको गौरव प्रस्तुत गर्ने चलचित्रको विशेष प्रदर्शनीमा सहभागी हुने र आफ्नो अभियानलाई साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको प्रमुख राईले राखे । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा उपस्थितिबारे उहाँ जिज्ञासुसमेत हुनुभयोे”, निर्देशक चाम्सले भने ।

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई विशेष प्रदर्शनीमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको जानकारी दिए ।

“गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु, किनकि हाम्रो वीरताको कथा विश्वले देख्नेछ”, निर्देशक चाम्सले भने । उनले चाम्सले लन्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।