• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

गठबन्धन दलसँग छलफल नभइ आएकाले बजेट संशोधन हुन्छ– उपेन्द्र यादव



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा संशोधन हुने बताउनुभएको छ ।

पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा सरकारले गठबन्धन दलसँग छलफल नै नगरी ल्याएको बजेट न्यायोचित नभएकाले यथास्थितिमा पारित हुन नसक्ने बताउनुभयो ।

उहाँका अनुसार बजेटले मधेससहितका ठाउँहरुलाई उपेक्षा गरेको छ। “हामीले सुधार्न, सच्चाउनुपर्छ भनेका छौँ। सच्चिएर अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।