१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट बकर इद पर्वको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद उल अज्हा (बकर इद) पर्वको अबसरमा नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको उल्लेख गर्दे यही विविधता बिचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य भएको जनाउनु भएको छ । उहाँँले विविध भाषा, धर्म र संस्कृति अँगालेका जनता बिचको आपसी सद्भाव, एकता, सहिष्णुता र सम्मानपूर्ण सहअस्तित्वबाट नै हाम्रो राष्ट्रिय एकता अझ सबल र सुदृढ बन्न सक्ने उल्लेख गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूले मनाउने प्रमुख चाडहरूमध्ये एक इद उल अज्हा (बकर इद) को पावन दिन हो । यो चाडलाई मुख्यतया ध्यान, प्रार्थना र बलिदानको चाडको रूपमा लिइन्छ । यस चाडले मुस्लिम संस्कृतिमा विद्यमान परोपकार र साझेदारीको असल अभ्यासलाई समेत प्रतिबिम्बित गर्दछ ।