२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
सरकारको व्यवहारले संवैधानिक आयोगहरु अनावश्यक रहेको देखाउँछः डा रामकृष्ण तिमिल्सिना स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोल्यो, माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू निर्यात ४६.५ प्रतिशतले वृद्धि जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक : प्रचण्ड फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)माथि सांघातिक आक्रमण आफ्नो जीवनलाई आनन्दले भर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा ६ न्यायाधीश रिक्त, को को छन् लबिङमा ?



अ+ अ-

काठमाडौं । साढे आठ महिनासम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारीपछि असार १ गतेबाट प्रधानन्यायाधीश बन्नुभएका हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीश नियुक्तिका लागि परामर्श सुरु गर्नुभएको छ ।

यसअघि नै रिक्त भएका ५ र न्यायाधीश टंक मोक्तान उमेर हदले सेवानिवृत्त हुनुभएका कारण ६ ओटा सिटमा नियुक्तिका लागि प्रधानन्यायाधीश कार्कीले पहल गर्नुभएको हो ।

छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुभएका कार्कीले आफ्नो कार्यकाल भित्र नै न्यायपरिषद्बाट न्यायाधीश नियुक्तिका लागि सक्रियता देखाएसँगै न्यायाधीश बन्न खोज्नेहरुको पनि सक्रियता बढेको छ ।

यसअघि राजनीतिक पृष्ठभूमिबाट न्यायाधीश नियुक्ति भयो भन्दै चर्को विरोध भए पनि यस पटक पनि पुन उही अवस्था आउने सर्वोच्च अदालतका एक न्यायाधीशले जानकारी दिनुभयो ।

यस पटक ६ सिट मध्ये चार ओटा कानून व्यवसायी बाट र दुई ओटा उच्च अदालतबाट न्यायाधीश नियुक्ति गर्ने चर्चा सुरु भएको उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका तर्फबाट वर्तमान बार अध्यक्ष गोपालकृष्ण घिमिरे, बारका पूर्व महासचिवद्वय सुनिल पोखरेल , विजयप्रसाद मिश्र ,पूर्व महान्यायाधीवक्ता खम्बबहादुर खाती र  नेकपा (एमाले) बाट पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेकपा (माओवादी केन्द्र) बाट महान्यायाधिवक्ता दीनमणि पोखरेल र  उच्च अदालतबाट दुई न्यायाधीशका लागि सिफारिस हुने आकलन गरिएको छ ।

यसैगरी उच्च अदालतमा पनि हाल ४२ जना न्यायाधीश रिक्त रहेको छ । प्रधानन्याधीश कार्कीले सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिका लागि बैठक बोलाउन न्याय परिषद्का सचिवलाई निर्देशन दिइसक्नु भएको छ ।

परिषदमा प्रधानन्यायाधीश कार्कीसहित कानूनमन्त्री धनराज गुरुङ, वरिष्ठ अधिवक्ताहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी ‘सम्भव’ रहनुभएको छ ।