२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था फर्किने आशा जीवित छः सांसद जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताउनु भयो । उहाँले उहाँले आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पाँचवटा उद्देश्य हो । हामी राष्ट्रवादी हौँ । बहुदलिय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ । हामी उदारवाद, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ । साथसाथै यो मुलुक हिन्दु पनि हुनुपर्छ । बढी गौरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ । आशा गरौँ । आशा जहिलेपनि जागृत रहनुपर्छ । मान्छे आशा नभएर अगाडी बढ्न सक्दैन । यो आशा हामीसँग जीवित छ ।’

उहाँले राप्रपासँग विचार मिल्नेहरुसँग मिलेर अगाडी बढ्ने सम्बन्धमा पनि सोचिरहेको बताउनु भयो ।