२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरबाट चोरीका तीन थान मोटरसाइकल सहित प्रतिवादी प्रकाउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले चोरीका तीन थान मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–१ का गणेश घलान रहेका छन् ।

गत जेठ २९ गते बिहान २ बजे गोदावरी नगरपालिका–१२ ठेचोमा पार्किङ गरिराखेको बा९५प६०७० नम्बरको बजाज पल्स–२२० सिसीको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरीले बागमती गाउँपालिका–३ छपेलीस्थित कान्तिलोकपथ सडकखण्डमा चेकप्वाइन्ट राखेर सवारी जाँच गरेको थियो ।

जाँचका क्रममा बिहान ३ बजेतिर चापागाउँबाट बगुवातर्फ तीनवटा मोटरसाइकल चलाएर लिई जाँदै गरेका व्यक्तिहरूलाई चेकजाँचका लागि रोक्न खोज्दा चेकप्वाइन्टमा नरोकी तीव्रगतिमा दुईवटा मोटरसाइकल बगुवातर्फ भागेको प्रहरीले जनाएको छ ।

एउटा मोटरसाईकल फर्काएर चापागाउँतर्फ जान खोज्दा पिछा गर्दै जाने क्रममा बिहान साढे ३ बजे बागमती–३ छपेलीस्थित कान्तिलोकपथ सडक खण्डमा बागमती प्रदेश ०२–०२६ प ५३७१ नम्बरको पल्सर–१५० सिसीको मोटरसाइकलसहित घलानलाई प्रहरीले पक्राउ गरेको थियो ।

कान्तिलोकपथ सडक खण्डमा मोटरसाइकल छोडी भाग्ने क्रममा लडी घाउचोट लागी घाइते भएको अवस्थामा फेला परेका घलानलाई उपचारार्थ पाटन अस्पतालमा पठाएर स्वास्थ्यलाभपछि यही असार २ गते अस्पतालबाट डिस्चार्जभएपछि निजलाई कानुन बमोजिम नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

त्यस्तै बगुवातर्फ भागी फरार भएका मोटरसाइकललाई पिछा गर्दै जाने क्रममा अन्दाजी करिब सवा पाँच बजेतिर बाग्मती–२ बगुवा स्थित कान्तिलोकपथमा चाबीसहितको बाग्मती प्रदेश ०३–००५ प ६१८७ र बा९५प ६०७० नम्बरको पल्सर २२० सिसीको मोटरसाईकल बेवारिसे छाडिएको अवस्थामा फेला परेको थियो ।

तीनवटै मोटरसाइकल चोरी भएको घटनामा संलग्न घलानलाई ललितपुर जिल्ला अदालतबाट पहिलो पटकलाई ५ दिनको म्याद अनुमति लिई थप अनसुन्धान जारी रहेको प्रहरीले जनाएको छ।




भर्खरै