७ श्रावण २०८३, बिहीबार
,
Latest
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपामा चिरा : अध्यक्षद्वय निष्कासित



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ । दुई अध्यक्ष रहेको जसपामा एकअर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी नै चलेको छ । अध्यक्ष महन्थ ठाकुरले मंगलबार अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । ठाकुरले यादवलाई कारबाही गर्नुअघि यादवले मंगलबार नै चार नेतालाई कारबाही गरेको पत्र सार्वजनिक गरेका छन् ।

यादवले ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । यादवनिकट नेता प्रकाश अधिकारीले पार्टी हितविपरीत कार्य गरेकाले विधानअनुसार अनुशासनको कारबाही गरिएको बताए । एकअर्कालाई कारबाही गर्दै दुवै समूहले त्यसबारे निर्वाचन आयोगलाई जानकारीसमेत गराएका छन् । यसअघि, दुवै समूहले एकअर्कालाई स्पष्टीकारण सोधेका थिए ।

पछिल्लो समय सरकारमा सहभागी हुने विषयलाई लिएर पनि पार्टीभित्र विवाद बढ्दै गएको छ । सरकार निर्माण विषयमा जसपाभित्र विवाद चर्किंदै गएपछि शीर्षनेता दुई धु्रवमा विभाजित भएका छन् । ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । तर, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र यादव समूह विपक्षी गठबन्धन बनाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन् ।

पार्टी विवाद चर्किंदै गएपछि एकअर्कालाई सोधिएको स्पष्टीकरणको जवाफ कसैले दिएनन् । सरकारमा सहभागी हुने विषयमा शीर्ष नेताको मत विभाजित रहेको छ । सोही कारण दुवै समूह आआफ्नो रणनीतिअनुसार अगाडि बढेपछि एकअर्कोलाई स्पष्टीकरण सोध्नेक्रम पनि सुरु भयो ।

पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा ठाकुर र महतो समूह छ । पार्टी निर्णयविपरीत देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गरेकोलगायत आरोप ठाकुर समूहले लगाउँदै आएको छ ।

तर, डा। भट्टराई, अध्यक्ष यादव समूह कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडानमा छ । ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले ओलीसँग सहकार्य नहुने निष्कर्ष यादव समूहको छ । यो समाचार राजधानी दैनिकमा छ ।