२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एयरलाइन्सको विमान अवतरण



अ+ अ-

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तराष्ट्रिय व्यावसायिक विमान अवतरण गरेको छ । चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा विमानस्थलमा अवतरण गरेको हो । विमानलाई वाटर क्यानन सल्युट दिइएको थियो ।

यही असार ८ र ९ गते पोखराको फेवातामा हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर सिचुआनको चार्टर्ड विमान अवतरण गरेको हो । चीन भ्रमणमा गएको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको टोली पनि सोही विमानबाट फर्किएको छ । विमान बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । उक्त एयरलाइन्सले हाल काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा पनि विमानको नियमित व्यावसायिक उडानका लागि छलफल भइरहेको जनाएको छ । २०२३ जनवरी १ मा उद्घाटन भएको विमानस्थलमा सो दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो ।