२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाबाट काँग्रेस तर्सिएको छैनः प्रदीप पौडेल



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने बताउनुभएको छ ।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताउनुभएको हो । उहाँले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताउनु भयो । उहाँले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताउनु भयो । उहाँले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ । प्रष्टता नभएका कुराहरु हाम्रो बीचमा कमजोरी छन् । त्यसको अन्त्य हुनुपर्छ । भाषण कम छ तर वैचारिक वहस पनि कम भएको छ । विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढंगबाट बस्नुपर्छ । जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रिय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ ।’

सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरु सभापति र सभापतिका नजिकका केही नेताहरुमात्रै बसेर गर्न नहुने बताउनु भयो ।