६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान फितलो भएको भन्दै जिल्ला अदालत धनुषामा बिरोध



अ+ अ-

काठमाडौँ । आरती साहका लागि न्याय माग्दै माईतीपक्षले जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन गरेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माईतीपक्षको आरोप छ ।

आरती साहको माईती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा बिरोध प्रदर्शन गर्दै आईरहेका छन् । मंगलवार जनकपुरधामस्थित जिल्ला अदालत अगाडी प्रदर्शन गर्ने क्रममा माईती पक्षले ढुंगामुढा गरेका छन् । आरती साह प्रकरणमा अनुसन्धान फितलो भएको भन्दै माईतीपक्षले बिरोध जनाएका हुन् ।

मृतक आरतीको माईतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना घाइते भएका छन् ।

परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै बिरोध गरिएको हो । गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो ।

उनीहरूले एसपी र डीएसपीलाई निलम्वन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सूत्रीय माग राखेका छन् ।