२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीप दुर्घटनामा परी सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु



अ+ अ-

कैलाली । बझाङमा जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजूको मृत्यु भएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको हो ।

उक्त जिपमा सवार पाँच जनामा मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी गरी तीनलाई थप उपचारका लागि हेलिकप्टरले उद्धार गरिएको केदारस्युँ गाउँपालिकाका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए । मन्त्री सिंह र पीएसओ भण्डारीको अवस्था गम्भीर रहेको छ भने चालकको अवस्था साधरण रहेको छ।