२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र व्यापारीको इजाजत प्रक्रियामा गलत मनशाय राखेको छैन: अध्यक्ष हमाल



अ+ अ-

काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बोल्दै अध्यक्ष हमालले लाइसेन्स दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताउनुभएको हो ।

उहाँले लाइसेन्स दिने प्रक्रियामा कहीँ गल्ती कमजोरी नभएको भन्दै समितिलाई गल्ती कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले गल्ती भएको खण्डमा कारबाही गर्ने निकाय रहेको भन्दै गल्ती भए कारबाही भोग्न तयार रहेको बताउनु भयो । उहाँले व्यवस्थापन समितिले कागजात संकलन गरेपछि बोर्डले आशयपत्र दिने र ३० दिनभित्रमा सबैलाई लाइसेन्स दिनुपर्ने व्यवस्था भएकाले समितिले पत्र पठाए पनि समय अभावका कारण लाइसेन्स वितरण गरिएको प्रस्टीकरण दिनुभयो ।

उहाँले आसय पत्र दिएका ४३ मध्ये १८ ले मात्रै किन लाइसेन्स पाए भन्ने सन्दर्भमा अध्ययनको कमी भएको टिप्पणी गर्नुभयो । उहाँले आशय पत्र दिएर पूर्वाधार तयार पार्ने र मापदण्ड पूरा गर्ने सबैलाई लाइसेन्स पाउने बताउनु भयो । उहाँले कुनैपनि लाइसेन्सेको आशाय पत्र र लाइसेन्स दिने क्रममा सम्पूर्ण जिम्मेवारी वहन धितोपत्र बोर्डको सञ्चालक समितिले गर्ने बताउनु भयो। उहाँले लाइसेन्स दिने काम कुनै एक जना व्यक्तिले निर्णय गर्ने नभएको बताउनु भयो। उहाँले धतोपत्र बोर्डले धतोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा कागजपत्र हेर्ने काम व्यवस्थापनले गरेपछि मात्रै बोर्डले इजाजत दिने वा नदिने निर्णय गर्न बताउनु भयो।

उहाँले सिन्डिकेट तोड्दा आवाज उठ्नु, घुसपेट हुनु सामान्य विषय भएको भन्दै त्यसलाई हामीले स्वाभाविक रुपमा लिनुपर्ने बताउनु भयो। उहाँले आफूले धितोपत्र बोर्डको नेतृत्व लिएसँगै पँुजीबजारमा वैदेशिक रोजगारमा रहेकाहरुको लागि १० प्रतिशत नीतिले रेमिट्यान्स सेक्टरलाई चलायमान बनेको बताउनु भयो। उहाँले त्यसबाट हुण्डी कारोबार नियन्त्रण गर्ने १० प्रतिशत कोटा छुट्याएको समेत बताउनु भयो। उहाँले ११ महिना अघि ५ महिनामा विदेशी मुद्रा सञ्चितिमा आएकोमा अहिले ११ महिनामा पुग्न लागेको भन्दै धितोपत्र बोर्डको नीतिको ठूलो भुमिका खेलेको बताउनु भयो ।

अध्यक्ष हमालले घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गरेर आवेदन दिनेलाई कारबाही गर्ने बताउनु भयो । उहाँले शेयर निष्कासन भएपछि आवेदन दिँदा बद्मासी भएको थाहा पाएपछि आवेदन दिने प्रक्रिया रोकेको भन्दै झुटा विवरण पेस गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो। उहाँले बोर्डले तीन चरणमा कारबाही गर्ने जानकारी बताउनु भयो। उहाँले जसले आईपीओ निष्कासन गरेको हो उसैले नै व्यापक चलखेल गरेको उजुरीहरु आएकाले तत्कालै उक्त प्रक्रिया स्थगित गरेर छानबिन प्रक्रिया अघि बढाको बताउनु भयो।

उहाँले भन्नुभयो,‘हिजो आर्टिफिसियल रुपमा ओभर सब्सक्राइब गर्न खोजेको, जनतालाई झुक्याउन खोजेको, १२ ओटा आवेदनकर्ताले प्रतिव्यक्ति १० लाख कित्ता (४३ करोड ५० लाख) बराबरको आवेदन दिइएको पाइएको छ । यसले घोराही सिमेन्टमा जनताको आकर्षण छ भनेर देखाउन खोजिएको छ । यस्तो देखिएपछि हामीले ५ घन्टा बाहिर नगई छलफल गरेर जनताको लगानी संरक्षण गर्न पर्छ भनेर रोक्का गरेका छौं । घोराही सिमेन्टको रेटिङ कम्पनीको स्वार्थ बाझिएको गुनासो छ । त्यसमा हामीले प्रारम्भिक अध्ययन गरिसकेका छौं । फेक आवेदन दिएर जनतालाई भ्रममा पारिएको छ । यो कम्पनी राम्रो रहेछ भनेर देखाउन खोजिएको छ । अर्को भनेको अण्डरराइटिङ प्रक्रिया नै गलत गरेको देखिएको छ । सोही अनुरुप छानबिन प्रक्रिया अघि बढाएको छ ।’

उहाँले आवेदन दिनेको पैसा बैंकले काटिसकेको अवस्थामा निर्णय गर्न समस्या हुने भएकोले सोमवार सार्वजनिक निष्कासन रोक्का गरेको बताउनु भयो। उहाँले जनताको लगानी सुरक्षित बनाउने काम अण्डर रेटिङ गर्ने निकायको भएको बताउनु भयो।

 




भर्खरै