२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई सभामुख घिमिरेको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनु भएको छ ।

मंगलबार १५ मिनेट स्थगित भई बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका बजेट पुस्तिकामा केही त्रुटी भएको उल्लेख गर्दै सच्याउन निर्देशन दिनु भएको हो ।

यसअघि बसेको बैठकमा एमालेका सांसदहरुले कोशी प्रदेश को नाम नराखि प्रदेश १ राखेर सहरी विकास मन्त्रालयको विनियोजन शिर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढन नदिने अडान लिएका थिए । सभामुख घिमिरेले भन्नु भयो, ‘हामी विनियोजन विधेयक अन्तरगत विभिन्न मन्त्रालयगत छलफलमा छौं । सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरु खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यस अघि निर्देशन भईसकेको छ ।’

‘साथै त्यस्ता कुनै त्रुटीहरु भएमा तत्काल सच्याउन म पुन: निर्देशन गर्दछु । त्यसैगरी सभाको आजको कार्यसूचिमा रहेको सहरी विकास मन्त्रालय अन्तरगत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमहरुको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरुले प्रश्न उठाईसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने प्रतिवद्धता समेत व्यक्त गरिसक्नु भएकाले अंकको सट्टा प्रदेशको नाम राखि आवश्यकक्ता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।’

एमाले सांसदहरुले अवरोध गरेपछि यस अघि बसेको प्रतिनिधि सभा बैठकमा सहरी विकासमन्त्री सिता गुरुङले सो विनियोजन शिर्षकमा केही त्रुटी भए सच्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।