२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो देश बनाउन सकिन्छः विश्वप्रकाश शर्मा



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताउनु भयो । उहाँले काँग्रेस संस्थापक नेता बिपी कोईरालाले श्रमीकको हक हीतका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताउनु भयो ।

उहाँले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनैपनि देश समुन्नत छ की छैन भन्नेकुराको पनि निश्चित मापदण्ड छ । त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरु छन्, भव्यभव्य महलहरु छन्, हाइवेहरु छन् एक हिसावले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला ।

यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन । त्यो देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की छैन, उसले जीवन निर्वाह गर्ने सहज वातावरण छ की छैन ? भन्नेकुराबाट मात्रै त्यो देशको समुन्नति मापन गर्न सकिन्छ । त्यसैले नै होला जननेता बिपी कोईरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो । बिपी कोईरालासँग सपना थियो, समय थिएन । हामीसँग समय छ त्यस किसिमको सपना छैन । हामीसँग व्यवस्थित सपना भएन । यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान गौतमबुद्धको आशिर्वाद प्राप्त देश हो ।’

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताउनु भयो ।




भर्खरै