• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल

के छ समाजवादी मोर्चाको ७ बुँदे सहमति पत्रमा ? (पूर्णपाठ)



काठमाडौँ । राष्ट्रिय सभागृहबाट चार दलीय समाजवादी मोर्चा नेपालको घोषणा गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेर मोर्चाको औपचारिक रूपमा घोषणा गरेका हुन् ।

मोर्चाको एक सचिवालय गठन गरिने र त्यसमा सबै दलबाट सदस्य हुने सहमति पत्रमा उल्लेख छ । यस्तै, मोर्चा निर्माण भइसकेपछि समितिले निर्णय गरी समाजवादी र प्रगतिशील दललाई समावेश गर्ने जनाइएको छ ।

morcha