३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हरायो, एकदिवसीय सिरिजमा १–० को अग्रता



अ+ अ-

काठमाडौँ । पहिलो एकदिवसीय खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । योसँगै टोलीले ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

सोमबार मेलबर्नमा भएको पहिलो खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानी टोली ४६.४ ओभरमा २०३ रनमा सिमित भयो । जवाफमा कङ्गारु टोलीले ३३.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए । योसँगै कप्तान प्याट कमिन्सले २ विकेट लिए भने अविजित ३२ रन बनाए ।

दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल नोभेम्बर ८ मा एडिलेडमा हुनेछ । अष्ट्रेलिया भ्रमणमा पाकिस्तानले तीन खेलको टी–२० सिरिज पनि खेल्नेछ ।