२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादका बाबजुद ‘आदिपुरुष’को कमाई तीन दिनमै ३४० करोड



अ+ अ-

एजेन्सी । प्रभास र कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ लाई लिएर एकातिर चर्को विवाद भइरहेको छ, अर्कोतर्फ यो फिल्मले बक्स अफिसमा दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ ।

पहिलो दिन विश्वभर १४० करोड र दोस्रो दिन १०० करोड कमाएपछि अब तेस्रो दिन यो फिल्मले फेरि १०० करोड कलेक्सन गरेको छ । योसँगै फिल्मले पहिलो विकेन्डमा विश्वभर ३४० करोड कमाएर इतिहास रचेको छ ।

यसैबीच फिल्मका संवाद लेखक मनोज मुन्तासिरले मुम्बई प्रहरीसँग सुरक्षाको माग गरेका छन् । उनले विवादपछि आफू खतरामा रहेको बताएका छन् । मुम्बई प्रहरीले सुरक्षाको मागबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

शाहरुख खान अभिनित ‘पठान’ पछि मात्र ३ दिनमा ३०० करोड क्लबमा प्रवेश गर्ने ‘आदिपुरुष’ दोस्रो फिल्म बनेको छ । तर, यो क्लबमा प्रवेश गरेपछि पनि फिल्मले ‘पठान’को पहिलो वीकेण्ड कलेक्शनको रेकर्ड तोड्न सकेन । ‘पठान’ ले पहिलो सप्ताहन्तमा ३५१ करोडको विश्वव्यापी कलेक्सन गरेको थियो भने ‘आदिपुरुष’ ११ करोडले पछि परेको छ ।