२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादका बाबजुद ‘आदिपुरुष’को कमाई तीन दिनमै ३४० करोड



अ+ अ-

एजेन्सी । प्रभास र कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ लाई लिएर एकातिर चर्को विवाद भइरहेको छ, अर्कोतर्फ यो फिल्मले बक्स अफिसमा दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ ।

पहिलो दिन विश्वभर १४० करोड र दोस्रो दिन १०० करोड कमाएपछि अब तेस्रो दिन यो फिल्मले फेरि १०० करोड कलेक्सन गरेको छ । योसँगै फिल्मले पहिलो विकेन्डमा विश्वभर ३४० करोड कमाएर इतिहास रचेको छ ।

यसैबीच फिल्मका संवाद लेखक मनोज मुन्तासिरले मुम्बई प्रहरीसँग सुरक्षाको माग गरेका छन् । उनले विवादपछि आफू खतरामा रहेको बताएका छन् । मुम्बई प्रहरीले सुरक्षाको मागबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

शाहरुख खान अभिनित ‘पठान’ पछि मात्र ३ दिनमा ३०० करोड क्लबमा प्रवेश गर्ने ‘आदिपुरुष’ दोस्रो फिल्म बनेको छ । तर, यो क्लबमा प्रवेश गरेपछि पनि फिल्मले ‘पठान’को पहिलो वीकेण्ड कलेक्शनको रेकर्ड तोड्न सकेन । ‘पठान’ ले पहिलो सप्ताहन्तमा ३५१ करोडको विश्वव्यापी कलेक्सन गरेको थियो भने ‘आदिपुरुष’ ११ करोडले पछि परेको छ ।