२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य अङ्कले घट्यो नेप्से



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो ।

आज विभिन्न दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता शेयर ६९ हजार एक सय ६८ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त, लगानी, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक सय ३१ दशमलव ३७, वित्त समूह ८९ दशमलव ९०, लगानी समूह दुई दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ४६ र अन्य समूह ३३ दशमलव १३ अङ्कले बढेको छ ।

निर्जीवन बीमा समूह दुई सय ७७ दशमलव २५ र जीवन बीमा समूह एक सय ९३ दशमलव ८० अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ आठ दशमलव ३२, होटल तथा पर्यटन ८१ दशमलव ८६, जलविद्युत् १९ दशमलव ८०, उत्पादन तथा प्रशोधन ५२ दशमलव ५४, लघुवित्त २९ दशमलव १३ र व्यापार समूह १२ दशमलव ०८ अङ्कले घटेको छ ।

आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बिपिडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २९ करोड ८२ लाख १३ हजार पाँच सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ११ लाख ३५ हजार सात सय ९८ कित्ता किनबेच भएको छ ।रासस