२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुँदैन: मन्त्री गुरुङ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन नसक्ने बताउनुभएको छ ।

सोमवारबाट काठमाडौंमा शुरु भएको टे«ड युनियन काँग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा श्रमजीवि र परजीवि गरी दुई प्रकारका जीवि रहेको उल्लेख गर्दै परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुले सम्मान पाउन नसक्ने बताउनु भयो । उहाँले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम टे«ड युनियन काँग्रेसले गर्नुपर्ने बताउनु भयो । उहाँले ट्रेड युनियन काँग्रेसले मागेर नभइ खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लउने काम तपाईहरुले नै गर्नुपर्छ । त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईहरुले गर्ने हो । नेपाली राजनीतिमा दुई वर्ग छन् । दुई वटा जीवि छन् । एउटा श्रमजीवि र अर्को परजीवि । परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन सक्दैन । ट्रेड युनियन काँग्रेसले मागेर होइन, खोसेर अधिकार लिने हो । अब खोस्न अघि बढ्नुस् । आज यो मुलुक भ्रष्ट प्रवृत्तिका कारणले गर्दा बन्न नसकेको हो । भ्रष्ट प्रवृत्ति बदल्न आवश्यक छ ।’

मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।