६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुँदैन: मन्त्री गुरुङ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन नसक्ने बताउनुभएको छ ।

सोमवारबाट काठमाडौंमा शुरु भएको टे«ड युनियन काँग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा श्रमजीवि र परजीवि गरी दुई प्रकारका जीवि रहेको उल्लेख गर्दै परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुले सम्मान पाउन नसक्ने बताउनु भयो । उहाँले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम टे«ड युनियन काँग्रेसले गर्नुपर्ने बताउनु भयो । उहाँले ट्रेड युनियन काँग्रेसले मागेर नभइ खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लउने काम तपाईहरुले नै गर्नुपर्छ । त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईहरुले गर्ने हो । नेपाली राजनीतिमा दुई वर्ग छन् । दुई वटा जीवि छन् । एउटा श्रमजीवि र अर्को परजीवि । परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन सक्दैन । ट्रेड युनियन काँग्रेसले मागेर होइन, खोसेर अधिकार लिने हो । अब खोस्न अघि बढ्नुस् । आज यो मुलुक भ्रष्ट प्रवृत्तिका कारणले गर्दा बन्न नसकेको हो । भ्रष्ट प्रवृत्ति बदल्न आवश्यक छ ।’

मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।