• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

रवि सिन्हा भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा नियुक्त



भारतले छत्तीसगढ क्याडरका आईपीएस अधिकारी रवि सिन्हालाई देशको गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विंग ‘र’ को नयाँ प्रमुख नियुक्त गरेको छ।

छत्तीसगढ क्याडरका १९८८ ब्याचका आईपीएस रवि सिन्हा वर्तमान प्रमुख सामन्त गोयल, आईपीएस (पञ्जाब १९८४) को उत्तराधिकारी बन्नेछन् । गोयल जुन ३० मा सेवानिवृत्त हुँदैछन्।

रवि सिन्हा दुई वर्षसम्म ‘र’ को प्रमुख पदमा रहने छन् । अहिले उनी केन्द्रीय मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको पदमा कार्यरत छन् ।

रिसर्च एण्ड एनालिसिस विंग ‘र’  सेप्टेम्बर १८६८ मा स्थापना भएको थियो। यसको मुख्य कार्यहरू विदेशी जासुसी भेला, प्रतिआतंकवाद, भारतीय नीति निर्माताहरूलाई सल्लाह दिने र भारतको विदेशी रणनीतिक हितलाई अगाडि बढाउनु हो।

रिसर्च एण्ड एनालिसिस विंग स्थापना हुनुअघि विदेशी जासुसी सङ्कलन मुख्य रूपमा इंटेलिजेंस ब्यूरो (आईबी) को जिम्मेवारी थियो, जुन ब्रिटिश राजको समयमा भारत सरकार द्वारा बनाइएको थियो।